नेपालको जीडीपी वृद्धिदर २.७ प्रतिशतको हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले सन् २०२१-२२ माा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । साथै २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र रिकभरी हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले बंगलादेशको जीडीपी ३.६ प्रतिशत र पाकिस्तानको जीडीपी १.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

पछिल्लो समय बढिरहेको रेमिट्यान्सका कारण अर्थतन्त्रको वृद्धिमा सहयोग पुगेको समेत विश्व बैंकले उल्लेख गरेको छ ।

यता दक्षिण एशियाको अर्थतन्त्र सन् २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । सन् २०२० मा कोरोना महामारीका कारण कमजोर भएको अर्थतन्त्र विस्तारै रिकभरी भइरहेको विश्व बैंकको भनाइ छ ।

कोरोना महामारीका कारण ठप्प प्रायः भएको आर्थिक गतिविध र व्यवसायमा घटेको आम्दानी र लाखौंले रोजगारी गुमाउँदा त्यसको असर अर्थतन्त्रमा परेको थियो ।

विश्व बैंकले कोरोना भाइरविरुद्धको भ्याक्सिन उपलब्धासँगै अर्थतन्त्र रिकभरीको बाटोमा हिँडेको बताएको छ ।

दक्षिण एशियामा सबैभन्दा बढी सन् २०२१–२२ मा १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकको छ ।


क्लिकमान्डु