केराउ, सुपारी, छोकडा र नधुलाएको मरिच आयातका लागि उल्लेख्य आवेदन



काठमाडौं । सरकारले एक वर्षअघि आयातमा बन्देज लगाउँदै आएको केराउ, सुपारी, छोकडा र नधुलाएको मरिचका आयातका लागि उल्लेखनीय निवेदन परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बन्देज गरिएको उक्त वस्तु तथा सेवामा मन्त्रिपरिषद् बैठकले औद्योगिक उत्पादन र घरायसी प्रयोजनका लागि आवश्यक मात्रै आयातको निर्णय गरेसँगै उक्त वस्तु तथा सेवाको आयातको लागि निवेदन दिनेको उल्लेखनीय भएको हो ।

निवेदन दिए अनुसार केराउका लागि २३३ जना निवेदनबाट १२ लाख २५ हजार २९० मेट्रिक टन, सुपारीका लागि ८५ निवेदनबाट २ लाख २७ हजार २७० मेट्रिक टन, छोकडाका लागि १०१ निवेदनबाट ४१ हजार ९९५ मेट्रिक टन, नधुल्याएको मरिचका लािग १६९ निवेदनबाट १ लाख ४० हजार ८२ मेट्रिक टन आयात गर्न माग भएको विभागले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ८० हजार टन केराउ, सुपारी २५ हजार टन, छोकडा ५ हजार टन र मरिच १५ हजार टन आयात गर्न पाउने गरी राजपत्रमा प्रकाशित गरेको थियो ।


क्लिकमान्डु