चालु खर्च बढ्यो, पुँजीगत खर्च १५ प्रतिशत कम



काठमाडौं । चालु आवको फागुन महिनासम्म गत आवको सोही अवधिको तुलनामा चालु खर्चमा वृद्धि भएको छ ।

२०७६ फागुनसम्म ४ खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ खर्च भएकोमा चालु आवको फागुनसम्म १.१३ प्रतिशतले बढी अर्थात् ४ खर्ब ५५ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ । यो, वार्षिक लक्ष्यको तुलनामा प्रगति प्रतिशत ४८.०४ प्रतिशत हो ।

त्यसैगरी पुँजीगततर्फ भने १५.४२ प्रतिशतले घटेको छ । सरकारले गत वर्षको समीक्षा अधिवमा पुँजीगत खर्च ९४ अर्ब ४४ करोड खर्च गरेकोमा चालु आवको सोही अवधिमा यस्तो खर्च जम्मा ७९ अर्ब ८७ करोड खर्च भएको छ । जुन वार्षिक वार्षिक लक्ष्यको तुलनामा प्रगति २२.६३ प्रतिशत हो ।

सरकारले वित्तीय व्यवस्थापनतर्फ ४४.०९ प्रतिशत कम खर्च गरेको छ । गत आवको फागुन महिनासम्म ६३ अर्ब ५२ करोड खर्च गरेकोमा सरकारले चालु आवको सोही अवधिमा जम्मा ३५ अर्ब ५१ करोड खर्च गरेको छ ।

सरकारले आगामी आवको बजेट निर्माणका लागि आधार समेत तय गरेको छ । जसमा आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना, ठूलो पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानीः शिक्षा, स्वास्थ्य, खानेपानी, खावास। क्षेगत र प्रादेशिक सन्तुलन र दीगो विकासका लक्ष्यलाई आधार बनाएको छ ।


क्लिकमान्डु