चैतको दुई सातामै ८ बैंककोे निक्षेप ५ अर्ब ८९ करोड रुपैयाँले घट्यो, कुन बैंकको कति ?



काठमाडौं । चैत लागेसँगै बैंकहरु कर्जा प्रवाहमा आक्रमक भए पनि कतिपय बैंकको निक्षेप संकलनको अवस्था कमजोर देखिएको छ । ०७७ फागुन मसान्तको तुलनामा चैत १३ गतेसम्म आइपुग्दा ८ वटा वाणिज्य बैंकको निक्षेप ५ अर्ब ८९ करोड रुपैयाँले घटेको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरु चैतका दुई सातामा २३ अर्ब ९३ करोड रुपैयाँ निक्षेप थप गरी ५० अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

समग्रमा बैंकिङ क्षेत्रको निक्षेप र कर्जा दुबै बढे पनि ८ बैंकको निक्षेप भने ७ करोडदेखि ९२ करोड रुपैयाँसम्म घटेको छ । प्रभु, नेपाल इन्भेष्टमेण्ट, लक्ष्मी, नेपाल बैंक, प्राइम सिटिजन्स, एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप घटेको हो ।

यी बैंकहरुले गत फागुन २८ गतेसम्म कुल १२ खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन चैत १३ गतेसम्म आइपुग्दा ५ अर्ब ८९ करोड रुपैयाँले घटेर १२ खर्ब ३ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ । तर सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने निक्षेप संकलन र कर्जा प्रवाह दुबै घटेको छ ।

चैत लागेपछि बैंकको बिजनेशः निक्षेप र कर्जा बढाउन कुमारी फस्ट, चार्टर्डको घट्यो, कस्को कति ?

फागुन २८ गतेदेखि चैत १३ गतेबीचमा स्ट्याडर्ड चार्टर्ड बैंकको निक्षेप सबैभन्दा बढी अर्थात् ९२ करोड रुपैयाँले घटेको छ । बैंकले गत फागुन मसान्तमा ८४ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चैत १३ गते ८३ अर्ब ६१ करोड रुपैयाँमा सीमित गरेको छ । यो बैंकको कर्जा पनि घटेको छ । बैंकले गत फागुन २८ गते ६३ करोड रुपैयाँ कर्जा संकलन गरेको थियो । चैत १३ गते आइपुग्दा १० करोड रुपैयाँले घटेर ६३ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, गत फागुन मसान्तमा एनआइसी एशिया बैंकले २ खर्ब ८७ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । तर, चैत १३ गतेसम्म आइपुग्दा एनआइसीको निक्षेप २ अर्ब ६८ करोड रुपैयाँले घटेर २ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३ अर्ब ५६ करोड रुपैयाँ थप गरेको छ ।

त्यस्तै, फागुन मसान्तमा १ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ रहेको सिटिजन्स बैंकको निक्षेप चैत १३ गते आइपुग्दा ६२ करोड रुपैयाँले घटेर १ खर्ब ८ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने २ अर्ब ८ करोड रुपैयाँले थप गरेको छ ।

त्यसैगरी, प्राइम बैंकले गत फागुन मसान्तमा १ अर्ब ३९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा ६३ करोड रुपैयाँले घटेर १ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३० करोड रुपैयाँले थप गरेको छ ।

साथै, नेपाल बैंकले गत फागुन मसान्तमा १ अर्ब ५० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा ४९ करोड रुपैयाँले घटेर १ खर्ब ४९ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३ अर्ब १२ करोड रुपैयाँले थप गरेको छ ।

यस्तै, लक्ष्मी बैंकले गत फागुन मसान्तमा १ अर्ब ७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा २५ करोड रुपैयाँले घटेर १ खर्ब ७ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने २ अर्ब ८४ करोड रुपैयाँले थप गरेको छ ।

नेपाल इन्भेटमेण्ट बैंकले गत फागुन मसान्तमा १ अर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा २३ करोड रुपैयाँले घटेर १ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३ अर्ब १६ करोड रुपैयाँले थप गरेको छ ।

साथै, प्रभु बैंकले गत फागुन मसान्तमा १ अर्ब ६६ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा ७ करोड रुपैयाँले घटेर १ खर्ब ६६ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने १ अर्ब ८९ करोड रुपैयाँले थप गरेको छ ।


पुष्प दुलाल