चैत लागेपछि बैंकको बिजनेशः निक्षेप र कर्जा बढाउन कुमारी फस्ट, चार्टर्डको घट्यो, कस्को कति ?



काठमाडौं । पछिल्लो समय बैंकहरु व्यवसाय विस्तारमा अक्रमक बन्दै गएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले निक्षेप २४ अर्ब र कर्जा ५१ अर्ब रुपैयाँ थप गरेका छन् ।

सो अवधिमा बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा १९ वटा बैंकको निक्षेप संकलन ०.०७ प्रतिशतदेखि ४.८२ प्रतिशतसम्मले बढेको छ ।

त्यसैगरी, कर्जा प्रवाहतर्फ २६ वटा बैंकले ०.२२ प्रतिशतदेखि ३.२२ प्रतिशतसम्मले बढाएका छन् । तर, फागुन २८ देखि चैत १३ गतेसम्म ८ वटा बैंक निक्षेप भने घटेको छ ।

चैतका २ सातामा कुमारी बैंक सबैभन्दा बढी निक्षेप संकलन र कर्जा प्रवाह बढाउने पहिलो नम्बरमा परेको छ । सो अवधिमा निक्षेप संकलनको दोस्रो स्थानमा नविल बैंक र कर्जा प्रवाहको दोस्रो स्थानमा लक्ष्मी बैंक रहेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने चैतको २ सातामा निक्षेप संकलन र कर्जा प्रवाह दुबै घटेको छ ।

चैतको दुई सातामै ८ बैंककोे निक्षेप ५ अर्ब ८९ करोड रुपैयाँले घट्यो, कुन बैंकको कति ?

दुई सातामा कुन बैंकले कति बिजनेश गरे ?

फागुन २८ गतेदेखि चैत १३ गतेबीच ६ वटा बैंकको निक्षेप संकलन १ प्रतिशतमाथि थप भएको छ । साथै सो अवधिमा १३ वटा बैंकले १ प्रतिशतभन्दा कमले निक्षेप थप गरेका छन् ।

कर्जा प्रवाहतर्फभने १८ वटा बैंकको १ प्रतिशतभन्दा माथि र ८ वटा बैंकको १ प्रतिशतभन्दा कमले कर्जा थप भएको छ ।

कुमारी बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ४.८२ प्रतिशत अर्थात् ६ अर्ब १२ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा ३.२२ प्रतिशत अर्थात् ४ अर्ब ८ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ ।

नबिल बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ३.६७ प्रतिशत अर्थात् ७ अर्ब ४१ करोड रुपैयाँले निक्षेप थप गरेर २ खर्ब ९ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले १.२७ प्रतिशत अर्थात् २ अर्ब ३७ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब ८९ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल एसबीआइ बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले २.५२ प्रतिशत अर्थात् २ अर्ब ५९ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले २.३२ प्रतिशत अर्थात् २ अर्ब २६ करोड रुपैयाँले कर्जा थप गरी ९९ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले १.२३ प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँले निक्षेप थप गरेर २ खर्ब ४६ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले ०.७४ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब ७९ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको छ ।

एनएमबी बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले १.०६ प्रतिशत अर्थात् १ अर्ब ६१ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले ०.९८ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब ४७ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ ।

सेञ्चुरी बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले १.०६ प्रतिशत अर्थात् ९३ करोड रुपैयाँले निक्षेप थप गरेर ८८ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले २.२३ प्रतिशत अर्थात् १ अर्ब ६५ करोड रुपैयाँले कर्जा थप गरी ७५ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ ।

सानिमा बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.९९ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब २२ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले १.८४ प्रतिशत अर्थात् २ अर्ब ६ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब १३ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको छ ।

एनसीसी बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.९५ प्रतिशत अर्थात् ९६ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब १ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले १.६२ प्रतिशत अर्थात् १ अर्ब ४० करोड रुपैयाँले कर्जा थप गरी ८७ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ ।

एभरेष्ट बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.९१ प्रतिशत अर्थात् १ अर्ब ४० करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले ०.२२ प्रतिशत अर्थात् २७ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ ।

सिभिल बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.७९ प्रतिशत अर्थात् ६४ करोड रुपैयाँले निक्षेप थप गरेर ८१ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले २.६३ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड रुपैयाँले कर्जा थप गरी ७७ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमई बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.७० प्रतिशत अर्थात् १ अर्ब ७९ करोड रुपैयाँले निक्षेप थप गरेर २ खर्ब ५८ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले ०.९७ प्रतिशत अर्थात् २ अर्ब २० करोड रुपैयाँले कर्जा थप गरी २ खर्ब २९ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.६० प्रतिशत अर्थात् ४३ करोड रुपैयाँले निक्षेप थप गरेर ७२ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले २.१८ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड रुपैयाँले कर्जा थप गरी ६७ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ ।

हिमालयन बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.२८ प्रतिशत अर्थात् ३९ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब ३८ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले १.३२ प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब २३ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.२६ प्रतिशत अर्थात् ४५ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब ७१ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले २.१२ प्रतिशत अर्थात् ३ अर्ब २३ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब ५५ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ ।

कृषि विकास बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.२४ प्रतिशत अर्थात् ३५ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब ४५ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले १.५६ प्रतिशत अर्थात् २ अर्ब १५ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब ३९ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको छ ।

सनराइज बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.१९ प्रतिशत अर्थात् १९ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब २ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले ०.८३ प्रतिशत अर्थात् ७७ करोड रुपैयाँले कर्जा थप गरी ९३ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ ।

मेगा बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.१३ प्रतिशत अर्थात् १८ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले ०.८८ प्रतिशत अर्थात् १ अर्ब १६ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ ।

बैंक अफ काठमाण्डूः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.०९ प्रतिशत अर्थात् ९ करोड रुपैयाँले निक्षेप थप गरेर ९५ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले २.०३ प्रतिशत अर्थात् १ अर्ब ९२ करोड रुपैयाँले कर्जा थप गरी ९६ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ ।

माछापुच्छ्रे बैंकः फागुन मसान्तदेखि चैत दोस्रो सातासम्म बैंकले ०.०७ प्रतिशत अर्थात् ९ करोड रुपैयाँले निक्षेप थप गरेर १ खर्ब २५ अर्ब १८ करोड रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा बैंकले ०.६६ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँले कर्जा थप गरी १ खर्ब १३ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ ।

दुई सातामा निक्षेप घटाउने बैंक

बैंकहरुको कुल निक्षेप संकलन र कर्जा प्रवाह बढे पनि सो अवधिमा ८ वटा वाणिज्य बैंकको निक्षेप संकलन घटेको छ । जसमा प्रभु, नेपाल इन्भेष्टमेण्ट, लक्ष्मी, नेपाल बैंक, प्राइम सिटिजन्स, एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

सो अवधिमा स्ट्याडर्ड चार्टर्ड  बैंकको भने निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकः फागुन २८ गतेदेखि चैत १३ गतेबीचमा सबैभन्दा बढी निक्षेप संकलन स्ट्याडर्ड चार्टर्ड बैंकको ९२ करोड रुपैयाँले घटेको छ । बैंकले गत फागुन मसान्तमा ८४ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चैत १३ गते ८३ अर्ब ६१ करोड रुपैयाँमा सीमित गरेको छ ।

साथै बैंकले गत फागुन २८ गते ६३ करोड रुपैयाँ कर्जा संकलन गरेको थियो चैत १३ गते आइपुग्दा १० करोड रुपैयाँले घटेर ६३ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ ।

एनआइसी एशिया बैंकः गत फागुन मसान्तमा एनआइसी एशिया बैंकले २ खर्ब ८७ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा २ अर्ब ६८ करोड रुपैयाँले घटेर २ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३ अर्ब ५६ करोड रुपैयाँ थप गरेको छ ।

सिटिन्स बैंकः गत फागुन मसान्तमा बैंकले १ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गते आइपुग्दा ६२ करोड रुपैयाँले घटेर १ खर्ब ८ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने २ अर्ब ८ करोड रुपैयाँले थप गरेको छ ।

प्राइम बैंकः गत फागुन मसान्तमा बैंकले १ अर्ब ३९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा ६३ करोड रुपैयाँले घटेर १ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३० करोड रुपैयाँले थप गरेको छ ।

नेपाल बैंकः गत फागुन मसान्तमा बैंकले १ अर्ब ५० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा ४९ करोड रुपैयाँले घटेर १ खर्ब ४९ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३ अर्ब १२ करोड रुपैयाँले थप गरेको छ ।

लक्ष्मी बैंकः गत फागुन मसान्तमा बैंकले १ अर्ब ७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा २५ करोड रुपैयाँले घटेर १ खर्ब ७ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने २ अर्ब ८४ करोड रुपैयाँले थप गरेको छ ।

नेपाल इन्भेटमेण्ट बैंकः गत फागुन मसान्तमा बैंकले १ अर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा २३ करोड रुपैयाँले घटेर १ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३ अर्ब १६ करोड रुपैयाँले थप गरेको छ ।

प्रभु बैंकः गत फागुन मसान्तमा बैंकले १ अर्ब ६६ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन चैत १३ गतेसम्म आइपुग्दा ७ करोड रुपैयाँले घटेर १ खर्ब ६६ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने १ अर्ब ८९ करोड रुपैयाँले थप गरेको छ । 


पुष्प दुलाल