यो साता सेयर बजारमा थपियो १७ करोड ३६ लाख ९१ हजार कित्ता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक सातामा १७ करोड ३६ लाख ९१ हजार ५९९ कित्ता सेयर थप भएको छ ।
आईपीओ, बोनस र हकप्रदगरी १५ कम्पनीको १७ करोड कित्ताभन्दा धेरै सेयर थप भएको हो । ८.५ प्रतिशत सानिमा डिभेन्चर २०८७ को ३० लाख ५२ हजार ४०४ कित्ता र सानिमा लार्ज क्याप फन्ड १२ करोड कित्ता आईपीओ सूचिकृत भएको छ ।
त्यसैगरी, अपी पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचिकतृ भएको छ । १२ कम्पनीको ४ करोड ४९ लाख ६९ हजार १९५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २ लाख ७८ हजार ८३७ कित्ता, सानिमा माई हाइड्रोपावर २५ लाख ५३ हजार १०० कित्ता, प्राइमलाईफ इन्सयोरेन्स १५ लाख ८१ हजार २५३ कित्ता र एभरेष्ट बैंक ४२ लाख ३५ हजार १०३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
स्पर्स लुघुवित्त वित्तीय संस्था १ लाख ८२ हजार ८०८ कित्ता, आईसीएफसी फाइनान्स ९ लाख ७७ हजार ६३८ कित्ता, वोमी लभुवित्त वित्तीय संस्था ८ लाख ३३ हजार ५४४ र आशा लघुवित्त वित्तीय संस्था ३ लाख ४८ हजार ४३२ कित्ता सेयर सूचिकृत भएको छ ।
स्ट्यान्डर्ड चाटर्ड बैंक ५६ लाख ८ हजार १ कित्ता, ग्लोबल आईएमई लुघुवित्त वित्तीय संस्था ७ लाख १३ हजार ९१ कित्ता, मेगा बैंक १ करोड ३३ लाख २२ हजार ६९५ कित्ता र कृषी विकास बैंक १ करोड ४३ लाख ३४ हजार ६९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।