विरासत फर्काउने अभियानमा नयाँ पल्सर



काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी बजाज अटोको पल्सर सिरिज नेपाल र भारतमा लोकप्रिय सिरिजमध्ये एक हो ।

बजारमा परर्फमेन्स सिरज नभएको समयमा बजाज अटोले पल्सर सिरिज बजारमा ल्याएको थिया । पल्सर सिरिजले बजारमा क्रान्तिनै ल्याएको मान्न सकिन्छ । पल्सर सिरिजकै कारण स्पोर्ट मोटरसाइकल उपभोक्ताका लागि सुलभ भएको थियो ।

पछिल्लो २ दशकमा पल्सर सिरिजले धेरै सफलता र उपभोक्ताको विश्वास जितेको छ । तर केटीएम ड्यूक र ४ भल्भ टीभीएस अपाचेलगायत अधिक परर्फमेन्स भएको मोटरसाइकल बजारमा आएसँगै पल्सरको लोकप्रियता केही हदसम्म खुम्चेको आभास हुन्छ ।

यस विषयमा कम्पनी पनि चिन्तित छ ।

बजारमा आफ्नो पकड कायम राख्न बजाज पल्सरको सबै रेन्जको एक-जनरेसन अपडेट गर्न आवश्यक देखिन्छ । यसका लागि बजार तयार छ । पल्सरको पुरानो विरासत फकाउने काम बजाज पल्सर २५० ले गर्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ ।

रिर्पोटका अनुसार बजाज अटो पल्सर सिरिजको एक नयाँ किफायती प्लेटफर्म विकास गरिरहेको छ । यो अभियान नयाँ इन्जिनबाट शुरु हुनेछ । बजाजको नयाँ पल्सर २५० टेस्टिङ क्रममा देखिएको छ । यसको केही तस्विर पनि बाहिरिएको छ ।

यस मोटरसाइकलको इन्जिन डोमिनार २५० भन्दा कम सोफिस्डिकेटेड हुनेछ । यो निक्षित रुपमा लिक्विड-कूलिंगका साथ आउने छैन । र, यसमा एयर-कुलिङ सिस्टम दिइनेछ । साथै ४ भोल्भ हेड सेटअप पनि दिइने सम्भावना छैन ।

यस मोटरसाइकलको इन्जिन तत्कालिन समयमा बजारमा बिक्री भइरहेको पल्सर २२० एफ भन्दा फरक हुनेछ । यस इन्जिनलाई पहिले नै अधिकतम क्षमता दिइसकिएको छ । यस इन्जिनबाट यो भन्दा धेरै पावर आउटपुट लिन सकिदैन ।
नयाँ इन्जिनलाई एक नयाँ फ्रेम दिइने छ । जुन एनएस सिरिजको वर्तमान परामिटर फ्रेम र स्ट्यान्डर्ड सिरिज डबल डाउन टाइम सेटअप हुने सम्भावना छ ।

मोटरसाइकलाको लागतको उपभोक्तामैत्री राख्नका लागि नयाँ पल्सर २५० मा एक परामिटर टेलिस्कोपिक फोर्क राखिनेछ ।


पुष्प दुलाल