८ महिनामा ६ हजार बढी फर्म दर्ता, साढे ६ करोड बढी राजश्व संकलन



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा कम्पनी स्वीकृत, एजेन्सी फर्म, साझेदारी फर्म र प्राइभेट फर्म गरी ६ हजार ७ सय ३० फर्म दर्ता भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको वाणिज्य व्यवस्थापन तथा नियमन शाखाको तथ्याङ्क अनुसार गत साउनदेखि फागुन मसान्तसम्ममा उक्त फर्म दर्ता भएको हो ।

विभागको तथ्याङ्क अनुसार चालु आवको आठ महिनाको अवधिमा ८ सय वटा कम्पनी स्वीकृत भएको छ । उक्त कम्पनी स्वीकृत भई दर्ता भएको कम्पनीबाट २ करोड ११ लाख ६७ हजार राजश्व संकलन गरेको छ । जसमा फागुन महिनामा मात्रै ९४ वटा कम्पनी स्वीकृत भएका छन् ।

त्यसैगरी विभागबमा आठ महिनाको अवधिमा २९ वटा कम्पनी संशोधन हुँदा ४ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ भने २० वटा कम्पनीको प्रतिलिपि हुँदा ८५ हजार ६ सय राजश्व संकलन गरेको छ । साथै, फागुन मसान्तसम्ममा दर्ता, संशोधन, प्रतिलिपि गरी ८ सय ४९ को कम्पनी स्वीकृत गरेको छ भने उक्त कार्यबाट २ करोड १७ लाख ५२ हजार राजश्व संकलन गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागमा चालु आवदेखि फागुन मसान्तसम्ममा ९२ वटा एजेन्सी फर्म दर्ता भएका छन् । जसमा फागुन महिनामा १० वटा फर्म दर्ता हुँदा ४ सय सय २१ रुपैयाँ मात्रै राजश्व संकलन गरेको थियो । विभागका अनुसार ८२ वटा एजेन्सी फर्म दर्ता, प्रतिलिपि तथा संशोधन गरेर ४ हजार राजश्व संकलन गरेको जनाएको छ ।

त्यसैगरी, पछिल्लो समय साझेदारी फर्म दर्ता गरी व्यवसाय गर्नेको संख्या पनि उल्लेखनीय रहेको तथ्याङ्कले स्पष्ट पार्दछ । जसमा ८ महिनाको अवधिमा विभागमा १४२ साझेदारी फर्म दर्ता भएका छन् । विभागले उक्त दर्ता भएको फर्मबाट ११ लाख ४७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

साथै, फागुन फागुनमा मात्रै १२ वटा साझेदारी फर्म दर्ता भएका छन् । उक्त एक महिनाको अवधिमा विभागले ७० हजार राजश्व संकलन गेरेको गरेको छ । ८ महिनाको अवधिमा ३९२ वटा साझेदारी फर्मको नवीकरण, ७७ वटा फर्मको संशोधन र ४६ वटा फर्म खारेजी गरेको छ । विभागले उक्त सबै कार्यबापत २६ लाख ८१ हजार राजश्व संकलन गरेको छ ।

चालु आवदेखि फागुन मसान्तसम्ममा ५ हजार ७ सय ६ वटा प्राइभेट फर्म दर्ता भएका छन् । त्यसमध्ये फागुनमा ७ सय ११ फर्म दर्ता भएका छन् । विभागको तथ्याङ्क अनुसार प्राइभेट फर्मको ८ हजार २ सय ९९ नवीकरण, २८ सय ५१ संशोधन, ८८५ र १२ सय ४५ वटा फर्म खारेजी गरेको देखाउँदछ ।

विभागले दर्ताबाट ३५ लाख ७१ हजार, नवीकरणबाट २ करोड २१ लाख ६६ हजार, संशोधनबाट ६५ लाख ४२ हजार, प्रतिलिपिबाट २ लाख ३८ हजार र खारेजीबाट ९३ लाख ५२ हजार रुपैयाँ गरी फागुन मसान्तसम्ममा ४ करोड ३८ लाख ७० हजार राजश्व संकलन गरेको छ ।

साढे ६ करोड बढी राजश्व संकलन

विभागले चालु आवको ८ महिनाको अवधिमा ६ करोड ८३ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले कम्पनी स्वीकृत, एजेन्सी फर्म, साझेदारी फर्म र प्राइभेट फर्म दर्तालगायत अन्य विभिन्न कार्य गरेर उक्त राजश्व संकलन भएको हो ।

जसमा कम्पनी स्वीकृतबाट २ करोड १७ लाख ५२ हजार रुपैयाँ, एजेन्सी फर्मबाट ४ हजार रुपैयाँ, साझेदारी फर्मबाट २६ लाख ८१ हजार रुपैयाँ र प्राइभेट फर्मबाट ४ करोड ३८ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । विभागको तथ्याङ्क अनुसार प्राइभेट फर्मबाट सबैभन्दा बढी काम भएको र सोही अनुसार राजश्व संकलन भएको विभागको भनाइ छ ।


पुष्प दुलाल