माथिल्लो तामाकोशीको स्थलगत अवलोकन गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन



काठमाौं । प्रतिनिधि सभा अन्र्तगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।

बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।

सदस्यहरुमा घनश्याम खतिवडा, दल बहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल रहनुभएको सभापति सुवेदीले जानकारी दिइन् ।
अध्ययन भ्रमणमा आउनका लागि उक्त आयोजनाले बारम्बार बोलाइरहेकोले अहिले अनुकुल समय मिलाएर अध्ययन भ्रमणमा जान लागिएको सभापति सुवेदीले बताइन् ।


पुष्प दुलाल