यती एयरलाइन्सले गर्यो काठमाडौँ-बनारसमा प्रुभिङ फ्लाइट, छिट्टै अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त गर्दै

315
Shares

काठमाडौं विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले काठमाडौं-बनारस-काठमाडौँको आज परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको

दक्षिण पूर्वी एसिया दक्षिण एसियाका मुलुकहरुमा चार्टर/नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महिना अघि यतीले निवेदन दिएसँगै अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रिया अन्तर्गत यो उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए

यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तर्राष्ट्रिय उडानका लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको आजको उडानको प्रतिवेदनसँगै केही दिनभित्र यती एअरलाइन्सले अन्तराष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ कम्पनीले जानकारी दिएको छ 

यो परीक्षण उडान एयरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेल सहितको उडान दलले गरेको हो

9N-AMN कल साइन भएको एटिआर७२ विमानले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट विहान १०:०७ बजे लालबहादुरशास्त्री अन्तर्राष्ट्रिय हवाई अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका :४८ मा पुनः काठमाडौँमा अवतरण गरेको थियो 

परीक्षण उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा एयरलाइन्स अधिकारीहरुको सहभागिता रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए

उनले नयाँ बन्ने क्षेत्रीय विमानस्थललाई नजिकका अन्तर्राष्ट्रिय गन्तव्यलाई जोड्न धार्मिक पर्यटनलाई भित्र्याउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय उडान भर्न लागेको बताए 

यती एअरलाइन्सले आगामी दिनमा मध्यम दूरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य समेत राखेको

यती एअरलाइन्स यती गुप्रले ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी होटलमार्फत् स्वदेशी तथा विदेशी पर्यटनलाई सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको आगामी दिनमा चार्टर उडानमार्फत् थप पर्यटक भित्र्याउने लक्ष्य राखेको

सन् २०२१ भित्रै दुईवटा एटीआर-७२ विमान थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटीआर-७२ जेटस्ट्रिम विमानमार्फत् विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको