यूवा आकर्षित गर्ला त हिरोका नयाँ मोटरसाइकलले ?



काठमाडौं । नेपालमा एउटा यस्तो पनि जमाना थियो कि, मोटरसाइकलको नाम लिनेवित्तिकै मानसपटलमा आउँथ्यो- हिरो होण्डा । अर्थात् हिरो होण्डा मोटरसाइकलको पर्यायबाची नै थियो भन्दा अत्युक्ति हुँदैनथ्यो ।

भारतको हिरो र जापानको होण्डाबीचको सहकार्यमा उत्पादन भएको मोटरसाइलको दबदबा थियो नेपालमा । हिरो होण्डा स्प्लेन्डर तत्कालिन समयमा नेपाली उपभोक्ताले उधुमै मन पराए ।

अझ भनौं मोटरसाइकल भनेकै हिरो हण्डाको स्प्लेन्डर भनेर बुझिन्थ्यो । हिरो होण्डाको मोटरसाइलकको लोकप्रियता कति थियो भन्ने कुरा गाउँ-शहर सबैतिरका सडकमा देख्न पाइन्थ्यो ।

उत्कृष्ट माइलेज र शालिन बनोट हिरो होण्डा स्प्लेन्डरको विशेषता थियो । नियमित आय भएका, जागिरे, मझौला व्यवसायीको पहिलो रोजाइमा हिरोहोण्डा स्प्लेन्डर पर्थ्यो ।

स्ट्यालिस र हेभी इन्जिनको मोटरसाइकल खोज्नेका लागि हिरो हण्डा एक्सट्रीम पनि विकल्पको रुपमा थियो । १०० सीसीको मोटरसाइकल चढ्नेका लागि हिरोहोण्डा स्प्लेन्डर र त्योभन्दा उच्चकोटीको चढ्न रुचाउनेका लागि १५० सीसीको एक्सट्रीम मोटरसाइकल थियो ।

उच्च इन्जिन क्षमताको एक्सट्रीमले पनि नेपाली बजारमा राम्रो व्यापार गरेको थियो । १५० सीसी वर्गमा एक्सट्रीमको माइलेज उत्कृष्ट गरेको मोटरसाइकलका पारखीहरु बताउँछन् ।

हिरो होण्डाको सम्बन्ध विच्छेद

आन्तरिक कलह चुलिएपछि सन् २०१० डिसेम्बरमा हिरो एण्ड होण्डबीचको सहकार्य टुट्यो । तर, पनि सन् २०१४ सम्म हिरोले होण्डाले प्राविधिक सहयोग मोटरसाइकल उत्पादन गर्ने र त्यसबापत हिरोले निश्चित रोयल्टी तिर्नेगरी समझदारीलाई सहजरुपमा टुंग्याइएको थियो ।

सन् २०१४ देखि हिरो मोटरसाइकल हिरो मोटोकर्पका नाममा सञ्चालन भइरहेको छ । हिरो र होण्डाबीच सहकार्य जारी रहँदासम्म यी कम्पनीको भारत, नेपाल, श्रीलंकालगायत दक्षिण एसियाली मुलुकमा एकछत्र राज थियो भन्दा फरक पर्दैन । यसले भारतमा हिरोको बजार सेयरमा केही गिरावट आएको थियो ।

तर, पनि हिरो भारतको नम्बर वान दुइपांग्रे सवारी उत्पादक नै रहन सफल भयो । दुई कम्पनीबीचको होण्डासँगको सहकार्य टुटेसँगै नेपालमा हिरोको दबदबा विस्तारै कम हुँदै गयो ।

शालिन, तडकभडक नगर्ने, बजेटमैत्री उपभोक्तको रोजाइमा मात्र हिरो पर्यो । सस्तो मूल्यमा शालिन लुक्स र धेरै माइलेज दिने मोटरसाइल उत्पादनमै हिरोको केन्द्रित रह्यो । नेपालीको क्रयशक्ति वृद्धि भएसँगै अफिज जान आउन र दैनिक कार्य बाहेकका अन्य प्रयोजनमा पनि मोटरसाइकल प्रयोग हुन थाल्यो ।

कलेजका विद्यार्थी, वैदेशिक रोजगारीबाट फर्केका यूवाको रोजाइमा पनि मोटरसाइकल पर्न थाल्यो । तर, हिरोको शालिन लुक्सले नयाँ पूस्तालाई आकर्षित गर्न सकेन ।

यूवा लक्षित बजार

पछिल्लो दशक नेपालमा मोटरसाइकल अत्यावश्यक सवारीसाधन भइसकेको छ । मोटरसाइकल जागिरे र मध्यम आय भएका व्यक्तिमात्र सिमित नभई यूवाहरुको रोजाइमा मोटरसाइकल छ ।

यूवाहरु स्वाभावले नै क्रान्तिकारी हुन्छन् । फास्ट चेञ्ज अर्थात् चाँडै परिवर्तन चाहन्छन् । यूवालाई शालिन लुक्स र बजेटमैत्री मोटरसाइलमा खासै रुची हुँदैन । बोल्ड लुक्स र तीव्र गतिमा गुड्ने मोटरसाइकलप्रति यूवाको लगाव बढ्दै गयो ।

हिरो मोटोकर्पका सिनियर सेल्स म्यानेजर बज्राचार्य

यूवाको बढ्दो चाहना र मागलाई हिरोले सम्बोधन गर्न सकेन । यूवाहरु नवीन प्रविधिको, बोल्ड डिजाइन, उच्च सीसीका मोटरसाइकल चढ्न रुचाउँछन् । हिरोसँग यूवामैत्री मोटरसाइकल नभएकाले यूवाको विश्वास जित्न नसकिएको हिरोका लाागि नेपालको आधिकारिक बिक्रेता हिरो मोटोकर्पका सिनियर सेल्स म्यानेजर दिनेशरत्न बज्रचार्य बताउँछन् ।

‘हिरोसँग यूवालाई आकर्षि गर्ने डिजाइनको मोटरसाइकल नै थिएन,’ बज्रचार्यले क्लिकमाण्डूसँग भने, ‘जसकारण यूवा पूस्ताको रोजाईमा हिरो पर्न सकेन । र, यूवाहरु अन्य ब्राण्डतर्फ सिफ्ट भए ।’

तर, अहिले परिस्थिति बदलिएको छ । यूवाको चाहनालाई सम्बोधन गर्दै स्ट्यालिस र शक्तिशाली इञ्जिन क्षमता भएका मोटरसाइकल उत्पादन गर्न थालेको छ ।

बदलिँदो बजारअनुसार हिरोले आफूलाई परिमार्जन गर्दै यूवामैत्री मोटरसाइल उत्पादन तथा बिक्री गर्न शुरु गरिसकेको छ । हिरोका नयाँ मोटरसाइकले पहिलाजस्तै उपभोक्ताको मायाँ पाउने सिनियर सेल्स म्यानेजर बज्रचार्यको विश्वास छ ।
‘हिरोको नयाँ उत्पादनमा यूवाहरुको आकर्षण बढ्दो छ,’ बज्राचार्यले भने ।

अहिले हिरोले यूवाका लागि भने हिरो एक्सप्लस २००, हिरो एक्सट्रीम १६०आर र हिरो हंक १५० नेपाली बजारमा ल्याएको छ । यी मोटरसाइकले यूवाको अपेक्षा र माग पूरा गर्नेमा कम्पनी विश्वस्त देखिन्छ ।

एक्सट्रीम र हंक पुरानै नाम

एक्सट्रीम र हंक नामका पहिलै नै मोटरसाइकल उत्पादन भइसेको छ । एक्सट्रीम केही हदसम्म नेपाली बजारमा सफल नामै हो ।

हंकलाई भने विगतमा नेपाली उपभोक्ताले खासै रुचाएको थिएन् । एक्सट्रीमको नाममा हिरोले एक्सट्रीम १६० आर भित्रिएसँगै हिरो ब्राण्डप्रति पनि नेपाली यूवाको झुकाव देखिन थालेको सिनिय सेल्स म्यानेजर बज्रचार्य बताउँछन् ।

‘तत्कालिन समयमा पनि एक्सट्रीमलाई नेपाली उपभोक्ताले रुचाएका थिए, त्यही नाममा पछिल्लो नयाँ प्रविधि र लुक्समा एक्सट्रीम १६० आर ल्याइएको छ’, उनले भने, ‘एक्सट्रीमा उपभोक्ताको राम्रै रुची देखिएको छ ।’

हिरो एक्सट्रीम १६० आर मंगलबारसम्म ७० थानभन्दा धेरै बिक्री भएको बज्रचार्यले जानकारी दिए । एक्सट्रीमा बीएस ६ एफआई इन्जिन, एबीएसलगायत नयाँ प्रविधिको अधिकतम संयोजन छ ।

पूरानो हिरो हंकलाई नेपाली उपभोक्ताको रोजाइन नपरेको बज्राचार्य स्वीकार गर्छन् । तर अहिलेको हंक पुरानोभन्दा विलकुल फरक भएको उनको दाबी छ । नयाँ हंक आकर्षक लुक्स, डुअल डिक्स ब्रेकमा उत्कृष्ट माइलेज दिन सक्षम छ ।
हिरो हंक उत्पयकामा भन्दा मोफसलका उपभोक्ताले रोजाइमा परेको छ ।


पुष्प दुलाल