नयाँ बजेटः उर्जा जलस्रोत र सिँचाइ मन्त्रालयलाई १ खर्ब १० अर्बको सिलिङ



काठमाडौं । उर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि १ खर्ब १० अर्ब रुपैयाँको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगले २०७८/७९ को बजेटमा उक्त सिलिङभित्र रहेर कार्यक्रमहरु तयार पार्न सिलिङ तोकेको हो ।

नयाँ बजेटका लागि मन्त्रालयले पाएको बजेटको सिलिङ चालु आर्थिक वर्षको बजेटभन्दा १० प्रतिशत बढी हो । चालु आर्थिक वर्षमा मन्त्रालयले ९९ अ र्ब रुपैयाँ बजेट पाएको थियो ।

योजना आयोगले दिएको सिलिङभित्र रहेर मन्त्रालयले प्राथमिकताका आधारमा कार्यक्रम तथा योजनाहरु बनाउन थालेको छ । उर्जा तथा सिँचाइ क्षेत्रमा अत्याधिक बजेटको माग गर्दै धेरै कार्यक्रमहरु आएकाले सिलिङभित्र रहेर कामर्यक्रम तयार पार्न निकै कठिन रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिरहेको छ । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट संसदमार्फत् सार्वजनिक गर्छ ।


पुष्प दुलाल