मोही हक कायम रहेका जग्गा मोहीकै नाममा गर्न असार मसान्तसम्ममा निवेदन दिनुपर्ने



काठमाडौं । सरकारले मोही हक कायम रहेका जग्गा सम्बन्धित मोहीकै नाममा गर्न आगामी असार मसान्तसम्म समय दिएको छ । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले राजपत्र प्रकाशित गर्दै मोहीले जग्गा आफ्नो नाममा लिन नसकेपछि एक पटकका लागि समय दिएको हो ।

यस अघि २०७३ भदौ ६ गते पहिलोपटक मोहीको जग्गा मोहीनै नाममा गर्न सार्वजनिक सूचना निकालिएको थियो । त्यस अवधिमा मोहीले जग्गा आफ्नो नाममा लिन नपाएपछि २०७४ साल कार्तिक महिना २४ गते, २०७५ साल पुस महिना १६ गते र २०७६ साल भदौ महिना ३० मा पनि सूचना निकालिएको थियो ।

तर, उक्त समयमा छुटेका मोहीका लागि सरकारले पुनः सो ऐनको दफा २६ घ १ले दिएको अधिकार प्रयोग गरी मोही लागेको जग्गाको जग्गावाला मोहीले बाँडफाँट गरी २०७८ असार मसान्तभित्र निवदेन दिएर आफुले भोग गरिरहेको जग्गाको स्वामित्व लिन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अब पनि जग्गाको जग्गावाला र मोहीबीच बाँडफाँट गरी कारबाही टुङ्गो सक्नुपर्ने अवधि २०७८ साल पुष मसान्तसम्ममा तोकेको तथा निवेदन दिनुपर्ने म्याद भित्र जग्गाधनी वा मोहीको निवेदन नपरेको जग्गाको हकमा सरकारले भूमि व्यवस्था सम्बन्धि ऐनामा भएको व्यवस्थाअनुसार मोही र जग्गा धनी दुबैको नाममा संयुक्त वा छुट्टाछुट्टै पूर्जा जारी गर्न सक्नेछ ।


क्लिकमान्डु