सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने मंगलबार ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ हजार ६० रुपैयाँ थियो भने मंगलबार १० रुपैयाँ घटेर १२ हजार ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु