गैडाकोट एग्रो मार्टमा एनएमबि बैंकको क्यूआर कोड
काठमाडौं । एनएमबि बैंकले नवलपरासीको गैंडाकोटस्थित गैंडाकोट एग्रोमार्ट प्रालिद्वारा सञ्चालित कृषि बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्न मिल्ने सेवा शुभारम्भ गरेकोछ ।
गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा एनएमबि वैंक गण्डकी प्रदेशका एरीया म्यानेजर अमृत राज वास्तोलाले मन्तव्य राख्दै क्युआर कोडबाट कारोवार गर्दा हुने फाईदा र यसको विकासका लागि राष्ट्र बैंकले ल्याएको नीतिको वारेमा वोल्दै देशको कुनाकाप्चामा पनि यसवाट कारोबार गर्नका लागि एनएमबि बैंकले पहल गरेको र यसवाट कारोवार गर्न आवश्यक पर्ने सहयोग गर्न बैंक सदैव तत्पर रहेको जानकारी दिए ।
उक्त कार्यक्रममा गैडाकोट एग्रोमार्टका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोबार गर्दा हुने जोखिम र विद्युतिय कारोवारले यसलाई कम गर्न सक्ने बताए ।
उक्त कार्यक्रममा गैंडाकोट एग्रोमार्टद्वारा संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई आमन्त्रण गरी सम्पन्न गरिएको । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुबाट ३७ वटा पसलका व्यापारीहरुलाई क्युआर कोड वितरण गरीएको थियो ।