राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल



काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेको ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।

यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ढकाल राष्ट्र बैंकका २५ वर्ष लामो अनुवभ, विभिन्न विभागीय प्रमुखका साथै, साढे २ वर्षदेखि नियमन विभागका प्रमुख रहेको छन् ।


पुष्प दुलाल