यी हुन् मूख्य १० आयात-निर्यात वस्तु तथा सेवा



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेकोमा ८० अर्ब ७७ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

जसमा नेपालले ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ ।

विगतका लामो समयदेखि गत वर्षको तुलनामा आयात घट्दै आएकोमा चालु आवको ८ महिनाको अवधिमा २.१४ प्रतिशले बढेको छ । साथै, निर्यात पनि ७ प्रतिशतले बढेको छ ।

यी हुन मुख्य १० आयात वस्तु
नेपालमा सबैभन्दा बढी डिजेल आयात हुँदै आएको छ । जसमा चालु आवको पहिलो ८ महिनाको अवधिमा ४७ अर्ब ३९ करोड ५२ लाख बराबरको मात्रै डिजेल आयात गरेको छ ।

उक्त आयात गरेको डिजेलबाट सरकारले ३० अर्ब ४६ करो ९० हजार राजश्व संकलन गरेको छ । त्यसैगरी, नेपालले एमएस विलेट ४४ अर्ब २९ करोड ७९ लाख रुपैयाँको आयात गर्दा उक्त वस्तुबाट सरकारले ८ अर्ब १३ करोड ६५ लाख राजश्व गरेको छ ।

त्यस्तै, मोबाइल टेलिफोन २६ अर्ब ३० करोड ५४ लाखको, भटमासको तेल कच्चा २४ अर्ब ३०५४ लाख आयात गरेको छ । साथै, विभिन्न अन्य एलपी ग्यास पेट्रोल, अन्य कोइला, चामल, सुन र एच आर सेट उल्लेखनीय आयात भएको छ ।

यी हुन मुख्य १० निर्यात वस्तु
कोरोना भाइरस महामारीले निर्यातमा निकै असर पारेको अवस्थामा पनि नेपालले गत वर्षको तुलनामा निर्यात बढाउन सफल भएको छ ।

चालु आवको ८ महिनाको अवधिमा ७ प्रतिशतले निर्यात गरेको छ । जसमा नेपालले चालु आवको ८ महिनको अवधिमा मुख्य १० निर्यात गरेकोमध्ये पहिलो प्रशोधित भटमासको तेल रहेको छ ।

नेपालले ८ महिनाको अवधिमा २३ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बराबरको १५ करोड १७ लाख ८ हजार केजी भटमासको तेल निर्यात गरेको छ ।

साथै, नेपालले अन्य मुख्य १० वस्तु तथा सेवा निर्यात गर्नेमा अलैंची, उनी गलैंचा कार्पेट, चिया, जुटले बुनिएका कपडा, तयारी कपडा, सेन्थेटिक यार्न, जमोठ कपडा, अन्य कपडालगायत फलफुलको जुस रहेको छ ।


क्लिकमान्डु