सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार प्रतितोला सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने आइतबार ८६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ थियो भने आइतबार पनि साही मूल्य कायम भएको छ ।


क्लिकमान्डु