मुभर्स एन्ड स्याकर्सले किन्यो हाम्रोबजार डट कम



काठमाडौं । अनलाइनबाट सामान खरिद तथा बिक्री गर्ने लोकप्रिय प्लेटफर्म हाम्रो बजार बिक्री भएको छ । एमएनएस (मुभर्स एन्ड स्याकर्स) कम्पनीले हाम्रो बजार डट कम खरिद गरेको जानकारी दिएको छ ।

नेपालको इकमर्स प्लेटफर्ममा लोकप्रिय बनेको हाम्रो बजार डट कमलाई खरिद गरेपछि कम्पनीले यसलाई अझ राम्रोसँग अगाडि बढाउने जानकारी दिएको छ ।

कम्पनीले हाम्रो बजारका पूर्व एमडी प्रवल शाक्यलाई धन्यवाद समेत प्रदान गरेको छ । कम्पनीको जारी गरेको विज्ञप्तिमा सीइओमा रोहित तिवारीले नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ ।


क्लिकमान्डु