महासंघमा अध्यक्ष गोल्छाको १०० दिन पूरा, चैतभित्र भिजन पेपर सार्वजनिक गर्ने
काठमाडौं । अध्यक्ष शेखर गोल्छा नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिले १०० दिन पूरा गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रम आयोजान गरी कार्यसमितिले १०० दिनका उपलब्धी सार्वजनिक समेत गरेको छ ।
कार्यसमितिले आगामी दिनमा भिजन पेपर तयार पार्ने, उक्त कार्ययोजनालाई कार्यान्वयन गर्नका लागि युनिट स्थापना गर्ने योजना बनाएको छ ।
अध्यक्ष गोल्छाले भिजन पेपर ०७७ चैत भित्र सार्वजनिक गर्ने समेत जानकारी दिए । उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको छ । त्यसका साथै उद्योग तथा व्यवसायको विकास, रोजगारीको विकासलगायतका विषय पनि भिजन पेपरमा समेटिनेछ ।
कार्यसमितिले ५० जना नव उद्यमीलाई शुरू पूंजी सहित उद्यम गर्न सघाउनुका कार्यसमितिले आगामी दिनमा महासंघ, सीएनआई र नेपाल चेम्वर बीच कार्यगत एकताका लागि प्रयास गर्नुका साथै अन्तर्राष्ट्रिय व्यापार मेला समेत आयोजना गर्ने बताएको छ ।
कार्यसमितिले यसबीचमा महासंघको नयाँ भवन निर्माणको प्राक्रिया शुरु गरेको छ ।
जसका लागि नक्साको काम अगाडि बढाएको छ । त्यसका साथै ७ वटै प्रदेश च्याप्टरहरूका प्रमुख नियुक्तिको प्रक्रिया शुरु गरेको छ भने प्रदेश महासंघ संचालन नियमावली परिमार्जन सहित लागू गरेको छ । त्यसका साथै अत्याधुनिक सफ्टवेयरमार्फत् कर्मचारी व्यवस्थापन प्रणाली जडान समेत गरिसकेको छ ।