एलआईसी नेपालो वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

एलआईसी नेपालको शिक्षालय हल, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो ।

साधारणसभाले आव २०७५/७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको छ जस अन्तर्गत १० प्रतिशत वोनस शेयर र वोनस सेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

आव २०७५÷०७६ मा कम्पनीले १ लाख ८९ हजार ३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत ४ अर्ब २२ करोड ८३ लाख संकलन गर्न सफल भएको थियो । २०७६ असार मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७ लाख ३५ हजार ७४५ र कूल जीवन बीमा कोषमा ५३ अर्ब ८७ करोड ७३ लाख संकलन भएको छ ।

आव २०७५/७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९ प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको वृद्धिदर थियो ।

१८औं वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने एकजना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ ।

कम्पनीका अध्यक्ष एमआर कुमारले सबै सेयरधनीलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गरे । उनले एलआईसी नेपालको १९औं वार्षिक साधारण सभा पनि यथासक्य चा“डो सम्पन्न गरिने वताउ“दै आव २०७६/७७ मा कोभिड १९ महामारीले व्यवसायमा असर गरेको जानकारी दिए ।

चालु आव २०७७/७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बीमाशुल्क आर्जनमा २०.२४ प्रतिशतको वृद्धिदरका साथ कूल बीमाशुल्क आर्जन ९ अर्ब ६१ करोड १८ लाख आर्जन गरेको र कम्पनीको कूल जीवन बीमा कोषमा ७४ अर्ब २४ करोड ४९ लाख जम्मा गर्न सफल भएको समेत जानकारी गराए ।

उनले आफ्ना बीमितहरुलाई सदैव उच्चतम प्रतिफल दिईरहने प्रतिबद्धता जनाए । जीवन बीमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै कुमारले यस बीमकलाई नेपालमा सेवामुखी एवं उदाहरणीय जीवन बीमा कम्पनी बनाइ रहने प्रतिबद्धता व्यक्त गरे ।

सभामा संचालक समितिका अन्य संचालकहरु मुकेश कुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र लक्ष्मी प्रसाद दास उपस्थित थिए ।


क्लिकमान्डु