नेप्से परिसूचक २१.५८ अंकले घट्यो, ५ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ अंकमा सीमित भएको छ ।

यो दिनको कारोबारमा होटल तथा पर्यटन तथा जलविद्युत् कम्पनीको उपसमूहबाट अन्य सबैको नकारात्मक देखिएको छ । यो दिन १ करोड १७ लाख ७८ हजार ८२० कित्ता सेयर ५ अर्ब ५४ लाख ६६ लाख ४८० रुपैयाँमा किनबेच भएको छ ।

आज ३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा चन्द्रागिरि हिल्स, नेपाल हाइड्रोपावर डेभलपर्स, राइराङ हाइड्रोपावर डिभलपमेन्ट कम्पनी, एक्सल डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी छन् । नेपाल हाइड्रोपावर डेभलपर्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेपछि आज कम्पनीको सेयर मूल्यमा ९.८३ प्रतिशतले बढेको हो ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी, साल्ट ट्रेडिङ, बाटलर्स नेपाल (तराइ) लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था छन्


क्लिकमान्डु