नेपालमा प्रोटोनको दोस्रो इनिङ शुरु



काठमाडौं । नेपालमा मलेसियाको चर्चित अटोमोबाइल प्रोटोनको दोस्रो इनिङ शुरु भएको छ । शंखर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले २०७७ पुस २९ गते प्रोटोन साँगा नेपालमा सार्वजनिक गरेको हो ।

जगदम्बा मोटर्ससले नेपालमा दुई पांग्रे, तीन पांग्रे र हेभी इक्विमेन्ट बिक्री गर्दै आइरहको छ । सेडान सेग्मेन्टको प्रोटोन साँगा म्यानुअल र अटोमेटिक भेरियन्टमा उपलब्ध छ ।

प्रोटोन साँगाको विशेषता
प्रोटोन साँगामा १२९९ सीसी ४ सिलिन्डर इन लाईन भल्भ डीओएचसी, भीभीटी इञ्जिन छ । यो इञ्जिनले ९१ पीएसमा ५७५० आरपीएम पावर र ११७ एनएममा ४००० आरपीएम टर्क उत्पादन गर्छ ।

म्यानुअल भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र अटोमेटिक भेरियन्टको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्रोटोन साँगा सुरक्षित कार पनि कम्पनीको दावी छ । यसले एसियन एनक्यापबाट ४ स्टार सेफ्टी रेटिङ पनि पाएको छ । ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ । कारमा उत्कृष्ट पावर, पिकअप र युटिलिटी फिचर्स छन् । जुन सोही मोडमा अन्य ब्राण्डहरुमा अतुलनिय रहेको कम्पनीको दावी छ ।

आकर्षक लुक्स, पावर पर्फमेन्ससहित उपलब्ध प्रोटन साँगामा अतिरिक्त मनोरञ्जनका सेवा सुविधमा स्मार्टफोन कनेक्टिभिटी सहित ४२० लिटर क्षमताको ट्रंक रिलिज, लग्जरियस् सिटलगायत उत्कृष्ट सेफ्टि फिचर्ससहित एसआरएस एयर ब्याग्सको समेत उपलब्धता रहेका छन् ।

प्रिमियम प्रडक्ट, उच्च टेक्नोलोजी र युटिलिटी फिचर्सले नेपाली उपभोक्ताहरुको मन जित्नेमा कम्पनी आशावादी छ । सहरी तथा राजमार्गका लागि साँगा उपयुक्त छ ।

नौलो ब्राण्ड होइन
प्रोटोन नेपालीका लागि नौलो ब्राण्ड हैन । जगदम्बा मोटर्सले बिक्री शुरु गर्नु अघिदेखि नै प्रोटोनका कार नेपाली सडकमा गुडिरहेका छन् । करिब एक दशकदेखि भने नेपाली बजारमा प्रोटोन कार आयात हुन सकेको छैन । तत्कालिन समयमा करिब तीन सयको हाराहारीमा प्रोटोनका गाडी बिक्री भएका थिए । हाल सडकमा एक सयभन्दा धेरै प्रोटोनका गाडी गुडिरहेका छन् ।

जगदम्बा मोटर्स आधिकारीका बिक्रेताका रुपमा नियुक्त भएसँगै नेपाली बजारमा प्रोटोनको दोस्रो इनिङ शुरु भएको हो । जगदम्बा मोटर्सले प्रोटोनलाई सन् २०१८ देखि नै नेपाल भित्र्याउने अभियानमा जुटेको थियो ।

यस्तो अवस्थामा प्रोटोनलाई नेपाल पुनस्थापना गर्न चुनौतीपूर्ण हुने देखिन्छ । तर जगदम्बा मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर बिवेकबहादुर बलामीका भने यसलाई अवसरको रुपमा लिन्छन् ।

प्रोटोनले आफ्नो पहिलो कारको रुपमा सन् १९८५ मा प्रोटोन साँगाकै रुपमा बजारमा ल्याएको थियो । प्रोटोन साँगा सेडान सेग्मेन्टको कार हो । प्रोटोन साँगा ३५ वर्ष पूरानो ब्रान्ड भए पनि हालका साँगामा २१ औं शताब्दीको प्रविधि प्रयोग गरिएको कम्पनीको दावी छ ।

‘यो पुरानो प्रोटोन होइन । विश्वप्रसिद्ध जेली भोल्भो ब्रान्डको सहकार्यमा प्रोटोन अघि बढेको छ । हिजोका दिनमा प्रोटोनसँग सेनाडन मात्र थियो’, बलामीले भने, ‘हाल ह्याचब्याक, एमयूभी, एसयूभी, मिड एसयूभीलगायत थुप्रै भेरियन्ट छन् ।’

विश्व बजारमै प्रोटोनको बजार आक्रमकरुपमा बिस्तार भइरहेको छ । पछिल्लो समय प्रोटोनले एसियाली बजार केन्द्रित भइरहेको छ । विश्का ६० वटा देशमा प्रोटोन बिक्री भइरहेको छ ।

पाकिस्तान, बंगलादेश र ब्रुनाईलगायत एसियाली देशमा प्रोटोनको बिक्री शुरु भइसकेको छ । ती देशका उपभोक्ताले प्रोटनलाई रुचाइरहेका छन् । नेपाली उपभोक्ता माझ पनि प्रोटोन लोकप्रिय हुनेमा बलामी आशावादी छन् ।

पूरानो प्रवित्ति दोहोरिन्न
प्रोटोन नेपाल पनि आफ्नो दह्रो उपस्थिति जनाउन चाहन्छ । एक विश्वसनीय ब्राण्डका रुपमा स्थापित गर्न प्रोटोन र जगदम्बा मोटर्सबीच सहकार्य भएको हो ।

प्रोटोनका आयात बन्दा हुँदा प्रोटोनका उपभोक्ताले विगतमा धेरै झमेला भोग्नु परेको छ । पार्टपूर्जा र दक्ष प्राविधिकको अभावमा सामान्य मर्मत सम्भार गरेर सञ्चालन गर्न पनि कठिनाइ हुने अवस्था थियो ।

विगतका प्रोटोनमा समस्या भएको बलामी स्वीकार गर्छन । तर जगदम्बा मोटर्सले ती समस्यालाई हल गर्दौ उपभोक्ताका हरेक माग पूत्र्ति गर्ने क्षमता राख्ने उनको दावी छ ।

बिक्री पछिको सेवा बिना अटोमोबाइल क्षेत्र अघि बढ्न नसक्ने उनी बताउँछन् । बिक्रीपछिको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरको बनाउन जगदम्बा मोटर्सले काम गरिरहेको छ ।

यसका लागि मोटर्सले प्रोटोनका पूराना मेनानिक्ससहितको नयाँ टिम तयार पारेको छ । कम्पनीले मेनानिक्सहरुको क्षमता अभिवृद्धि गर्न मलेसियामा लगेर तालिम पनि दिइएको छ ।

अब प्रोटोन चढ्ने उपभोक्ताले विगतका समस्या भोग्नु नपर्ने उनको दावी छ । जगदम्बा मोटर्स अटोमोबाइल क्षेत्रमा प्रतिष्ठित संस्थाको रुपमा स्थापित भएकाले पनि ग्राहकको सन्तुष्टी नै कम्पनीको पहिलो प्राथमिकता रहने उनले बताए ।

त्यस्तै प्रोटोनले ग्राहकका लागि ५ वर्ष वा १ लाख ५० हजार किमीसम्म निःशुल्क सर्भिसिङका पनि व्यवस्था गरेको छ । बिक्रीपछिको सेवा कम्पनीको प्रमुख प्राथमिकता भएकाले प्रोटोनको शाखः फर्किनेमा उनी पूर्णआशावादी छन् । विगतका दिन जस्तो पार्टपूर्जाको अभाव हुन नदिन कम्पनीले पार्टपूर्जा सञ्चय गरेर पनि राखेको छ ।

४ वटा साँगा बिक्यो
जगदम्बा मोटर्सले शुरुवातमा ६ वटा प्रोटोन साँगा नेपाल भित्रिएको छ । सार्वजनिक गरिएको दुई महिनाको अवधिमा ४ वटा साँगा बिक्री भइसकेको छ ।

उपभोक्तामाझ प्रोटोनको लगाव अझै छ । जगदम्बा मोटर्स नेपालको एक विश्वसनीय सवारी बिक्रेता भएको बलामीको दावी छ ।

‘हामी उपभोक्तालाई सवारी मात्र बेच्देनौं । बिक्रीपछिको सेवामा कम्पनी विश्वास राख्छ’, बलामीले भने, ‘कम्पनीले दुई पांग्रे, तीन पांग्रे र हेभी इक्विमेन्टमा बिक्रीपछिको सेवामार्फत् पुष्टि गरिसकेका छौं । कम्पनीप्रति उपभोक्ताको भरोसा र विश्वास छ ।’

यसकै आधारमा हामी प्राटोनको दोस्रो इनिङ शुरु गरेका हौं । नेपाली बजारमा प्रोटोन सफल हुनेमा उनी आशावादी देखिन्छन् ।

चार मूख्य सहरमा शोरुम खोलिने
हाल प्रोटोन जगदम्बा मोटर्सको नक्साल गैह्रिधारास्थित शोरुमबाट बिक्री वितरण भइरहेको छ । प्रोटोनको बिक्री वितरणका लागि कम्पनीले नक्साल गैह्रिधारामा सोरुम स्थापना गरेको छ । साथै गाडी मर्मत सम्भारका लागि ललितपुरको ज्वागलमा सर्भिस सेन्टर सञ्चालनमा छ ।

साथै काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको आर्ट अफ स्पेस सर्भिस सेन्टर निर्माणको क्रममा छ । यस्तै कम्पनीले पोखरा, चितवन, विराटनगर र वीरगञ्जमा नयाँ शोरुम सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

यसका लागि ती क्षेत्रका व्यवसायीसँग कम्पनीले छलफल तीव्र पारेको छ । २०७८ सालको शुरुवाती महिनामै उपत्यका बाहिर प्रोटोनको शोरुम सञ्चालनमा आउने बलामीको दावी छ । प्रोटोन खरिद गर्न चाहने ग्राहकका लागि कम्पनीले टेस्ट ड्राइभ र बुकिङको पनि व्यवस्था मिलाएको छ ।


क्लिकमान्डु