२ रुपैयाँका १० करोड थान सिक्का छाप्न २७ करोड खर्च गर्दै सरकार



काठमाडौं । सरकारले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्नका लागि २७ करोडभन्दा बढी खर्च गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार छाप्नका लागि बेलायतको द रोयल मिन्ट कम्पनीलाई आशयपत्र जारी गरेको हो । जसमा २ रुपैयाँ अंकित सिक्का १०० मिलियन थान अर्थात् १० करोड थान सिक्का छाप्नका लागि १६ लाख ६४ हजार पाउन्ड खर्च गर्ने उल्लेख गरिएको छ ।

७१ करोड खर्चेर ३० करोड थान १ रुपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक, १ रुपैयाँ छाप्न २ रुपैयाँ ३५ पैसा खर्च

यस हिसाबले हेर्दा सरकारलाई २ रुपैयाँको एउटा सिक्का छाप्नका लागि २ रुपैयाँ ७० पैसा खर्च गर्न लागेको छ । सरकारले यसअघि १ रुपैयाँको सिक्का छाप्नका लागि प्रतिकित्ता २ रुपैयाँ ३५ पैसा खर्च गरेको थियो ।


क्लिकमान्डु