प्रि-ओपन सेसनमा ९.१९ अंकले बढ्यो नेप्से, ११ कम्पनीको कारोबार



काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ९.१९ अंकले बढेर २४२५.२० अंकमा पुगेको छ । प्रि–ओपन सेसनमा ११ वटा कम्पनीको सेयर कारोबार हुँदा ८ वटाको बढेको छ भने २ वटाको घटेको छ । बाँकी एउटा कम्पनीको सेयर स्थिर छ ।

प्रि–ओपन सेसनमा निफ्राको सेयर स्थिर छ भने नेपाल पुनर्बीमा कम्पनी र शिवम सिमेन्टको सेयर मूल्य घटेको छ । त्यसैगरी चन्द्रागिरि हिल्स, सानिमा बैंक, कुमारी बैंक, शिखर इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्य भने बढेको छ ।


क्लिकमान्डु