अष्ट्रेलिया प्रवेशमा थप ३ महिना प्रतिबन्ध, विद्यार्थी र पर्यटक परे पर्कामा



काठमाडौं । अष्ट्रेलिया सरकारले थप ३ महिना अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । मंगलबार अष्ट्रेलियाका केन्द्रीय स्वास्थ्यमन्त्री ग्रेग हन्टले अन्तर्राष्ट्रिय सीमाना थप ३ महिनाका लागि बन्द हुने जानकारी दिए ।

तर यो प्रतिबन्ध आवश्यक परेको खण्डमा छोटो पनि हुन सक्नेछ । थप ३ महिना सीमा बन्द गर्ने निर्णयसँगै प्रतिबन्ध १५ महिना लामो हुनेछ । जसका कारण ४० हजारभन्दा बढी अष्ट्रेलियन नागरिकहरु स्वदेश फर्कन नपाउने भएका छन् ।

स्वास्थ्यमन्त्री हन्टका अनुसार आगामी जुन १७ सम्मका लागि बोर्डर बन्द हुनेछ । यसले गर्दा नेपालबाट पर्यटक वा विद्यार्थी भिसामा अष्ट्रेलिया जान तयारी अवस्थामा रहेकालाई पर्कामा परेका छन् ।

‘अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि अन्तर्राष्ट्रिय सीमाना खुला गर्नु आवश्यक भए पनि यो बाध्यात्मक कमद हो,’ मन्त्री हन्टले भने ।

अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा त्यहाँको सरकारले ३२० मिलियन डलर प्रत्येक महिना गुमाइरहेको छ । जसका कारण पछिल्लो १२ महिनामा २५ प्रतिशत वर्कफोर्स घाटामा गएको छ ।

अन्तर्राष्ट्रिय सीमाना बन्द हुँदा त्यहाँको कृषि क्षेत्रमा ठूलो असर परेको छ भने विदेशी कामदार नहुँदा ३० प्रतिशत जनशक्ति कम भएको छ ।


क्लिकमान्डु