मोलुङ हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले मंगलबार बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरेको छ ।
सनराइज क्यापिटलका प्रमुख कार्यकारी विजयलाल श्रेष्ठका अनुसार कम्पनीले ३५ लाख ३१ हजार कित्ता सेयर निष्कास गर्नेछ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ८ लाख २ हजार ५ सय कित्ता सेयर दिनेछ ।
गत २०७४ चैतदेखि व्यवसायिकरुपमा विद्युत् उत्पादन शुरु गरेको कम्पनीको आयोजनास्थल ओखलढुंगामा छ । कम्पनीले अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ८० करोड पुर्याउने निर्णय गरेसँगै सवैसाधारणका लागि ४४ प्रतिशत सेयर जारी गर्न लागेको श्रेष्ठले जानकारी दिए ।