राजस्व छली गर्ने ३ जनाविरुद्ध करिब साढे १५ करोड बिगो दावीसहित मुद्दा दर्ता



काठमाडौं । राजस्व छली गर्ने ३ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले आइतबार विराटनगर वडा नम्बर ९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेश कुमार राठीसहित ३ जनाले राजस्व चुहावट गरेको अभियोगमा १५ करोड ३६ लाख ६३ हजार ६७२ रुपैयाँ बिगो दावी र कैद जरिवाना माग गरी मुद्दा दर्ता गरिएको हो ।

विभागले राठीसँगै कम्पनीका म्यानेजर गिरधारी लाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटीी बिक्री देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको साथै भीसीटीएस समेतको पालना नगरेको आरोप लगाएको छ ।


क्लिकमान्डु