दुबईमा गोल्ड बिरयानी, एकथालकै पर्छ ३२ हजार



के तपाईं बियरानीको शौखिन हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंलाई बियरानीको विभिन्न भेराइटीका बारेमा पनि जानकार हुनुहुन्छ होला ।

बियरानीको यस्तै एउटा भेराइटी दुबईमा चर्चित छ । त्यो हो ‘गोल्ड बियरानी’ ।

दुबईमा बम्बे बरो नामको एउटा रेष्टुराँ छ, जहाँ ग्राहकका लागि खास प्रकारको बियरानी उपलब्ध छ । रोयल गोल्ड बियरानी एक थालकै मूल्य ३२ हजार रुपैयाँ तोकिएको छ । यो निकै खास बियरानी भएको रेष्टुराँको दावी छ ।

महंगो हुनुका कारण
रेष्टुराँका अनुसार २३ क्यारेट एडिबल गोल्डको समेत प्रयोग गरिएको छ । एडिबल गोल्ड अर्थात् सुन सम्बन्धि काम । जसले बियरानीलाई सुन्दरता प्रदान गर्नका लागि प्रयोग गरिन्छ । त्यसबाहेक तपाईंले अर्डरभन्दा अगाडि नै बियरानीमा प्रयोग हुने चामल पनि छनोट गर्न सक्नुहुन्छ ।

त्यति मात्रै होइन तपाईंले चामल, किमा ह्वाइट राइस तथता सेफ्रोन राइसको पनि विकल्प पाउनुहुन्छ । थालमा बियरानीका साथै कश्मिर ल्याम्ब, दिल्ली चप्स, राजपूत चिकन कबाब, मुगलाई कोफ्ता तथा मलाई चिकन रोस्ट पनि पाइन्छ । यसका साथै बेबी पोटेटो, उसिनेको अण्डा, काजु, फ्राइ प्याज, मिट रायता तथा चटनी पनि उपलब्ध हुन्छ ।

रेष्टुराँका अनुसार थालमा चामल ३ केजी हुन्छ । जसलाई एक्लै खान सकिन्न । बियरानीको अर्डर पनि कम्तीमा ४५ मिनेट अगाडि अर्डर गर्नुपर्छ ।


क्लिकमान्डु