नेप्से ७९.७४ अंकले घट्यो, ४ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो



काठमाडौं । आइतबार नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ अंकमा झरेको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहबाहेक सबै समूहमा रातो देखिएको छ ।

यो दिन १ करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ८ अर्ब ३५ करोड ५२ लाख ्र८९ हजार ८१४ रुपैयाँमा किनबेच भएको छ ।

आजको कारोबारमा ४ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा १७१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज कमाउने कम्पनीहरुमा चन्द्रागिरि हिल्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सगमाथा इन्स्योरेन्स कम्पनी छन् ।

त्यसैगरी सिटिजन म्यूचुअल फण्ड २, एनआइसी एसिया डिभेञ्चर ८२/८३, एनआइसी एसिया डिभेञ्चर ८१/८२, प्रभु बैंक डेभेञ्चर ८४, लक्ष्मी उन्नती कोष र सनराइज डिभेञ्चर २०८० पनि बढेको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा गणपति माइक्रोफाइनान्स, नेपाल फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रोपावर डेभलपर्स र अपि पावर कम्पनी छन् ।


क्लिकमान्डु