सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश, दोस्रो बजारको कारोबार राेक्का



काठमाडौं । सांग्रिला डेभपलमेन्ट बैंकले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार विहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो ।

बैंकले कुल चुक्तापुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको ५ प्रतिशत अर्थात् १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँ बोनस सेयर र ०.२६३२ प्रतिशत अर्थात् ६८ लाख ५९ हजार ५८० रुपैयाँ बराबरको कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यता नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले कारोबार समयमा इमेलमार्फत् लाभांश घोषणाको जानकारी गराएको र यसले सेयर मूल्यमा असर गर्ने भएकाले बैंकको दोस्रो बजारको कारोबार रोक्का गरेको छ ।

नेप्सेले बैंकलाई पत्र लेख्दै कारोबार चलिरहेको समयमा पत्र पठाएको बताएको छ । नेप्सेले घोषणा भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णयहरु नेप्सेमा पेश गर्नुपर्ने र सूचिकृत संगठित संस्थाको वेवसाइटमार्फत् समेत सार्वजनिक गर्नुपर्ने भएकाले दोस्रो बजारको कारोबार रोक्का राकेको स्पष्ट पारेको छ ।

नेप्सेले बैंकलाई ३ कार्यदिनभित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न भनेको छ ।


क्लिकमान्डु