प्रभु क्यापिटलले ल्यायो ‘९९९- ट्रिपल नाइन, ट्रिपल बेनिफिट डिम्याट’ योजना



काठमाडौं । प्रभु क्यापिटलले ‘९९९– ट्रिपल नाइन, ट्रिपल बेनिफिट डिम्याट’ योजना सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ग्राहकहरुलाई डिम्याट सेवा अन्तर्गत अहिलेसम्मकै फरक अनुभूति हुने, सहज तथा सुलभ ढंगबाट निरन्तर सेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना सार्वजनिक गरेको हो ।

यो योजा फागुन १६ गतेदेखि सञ्चालनमा आएको छ । यस योजना अन्तर्गत ग्राहकले ९९९ रुपैयाँमा ट्रिपल फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

जसमा डिम्याट लिँदा मेरोर सेयर लगइन निःशुल्क उपलब्ध हुनेछ भने खाता खोलिसकेपछि ९ वर्षसम्म नवीकरण गनु नपर्ने (८ वर्षको नविकरण आफैं हुने) । छ । त्यसैगरी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट हुनेछ ।

नयाँ डिम्याट खाता खोल्नु र नवीकरण गर्ने ग्राहकहरु यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न भई लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा विहान ८ बजेदेखि राति ८ बजेसम्म प्रभु बैंकको मुलुकभर रहेका शाखाबाट यो योजना अन्तर्गत डिम्याट खाता खोल्न सकिनेछ ।

यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन जततउकस्ररमझबतबउउथि।उचबदजगअबउष्तब।िअयm बाट समेत डिम्याट खाताको आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु