शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद दिने



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले हाल प्रस्ताव गरेको बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

यसका लागि कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन समेत गर्ने जनाएको छ ।

कम्पनीले २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा ३६.१ प्रतिशतका दरले ३८ करोड १६ लाख ८९ हजार १२७ बराबरको बोनस सेयर पारित गर्ने प्रस्ताव समेत गरेको छ ।

कम्पनीले अधिकृत पुँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने समेत प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीमा संस्थापन सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्याउने समेत प्रस्ताव गरेको छ ।


क्लिकमान्डु