आइपीओको नतिजा हेर्न सीडीएससीले ल्यायो नयाँ तरिका, सजिलै हेर्न पाइने



काठमाडौं । आइपीओको नतिजा प्रकाशन गर्न सञ्चारमाध्यमलाई नदिने भएपछि शुक्रबार बाँडफाँट भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती भयो ।

मेरो सेयर, सम्बन्धित कम्पनीको वेवसाइट र बिक्री प्रबन्धकको वेवसाइट नचल्दा लगानीकर्ताले आइपीओको नतिजा हेर्न पाएनन् । लगानीकर्ताको गोपनीयतालाई कायम राख्दै यस्तो निर्णय गरिएको थियो ।

यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ । अब लगानीकर्ताले सजिले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सकिने भएको छ ।


क्लिकमान्डु