विश्व बैंक र सरकारबीच कार्बन उत्सर्जन घटाउनका लागि करिब साढे ५ अर्बको सम्झौता



काठमाडौं । नेपाल सरकारले विश्व बैंकको फरेस्ट कार्बन पार्टनरसिप फ्यासिलिटीसँग साढे ४ करोड डलर अर्थात् करिब ५ अर्ब ४० करोड रुपैयाँ बराबरको सम्झौता गरेको छ । यो रकम सन् २०२५ सम्ममा वन जंगल फडानी न्यूनिकरण तथा कार्बन उत्सर्जनमा कमी ल्याउनका लागि खर्च गरिनेछ ।

नेपालले यो अभियानबाट करिब ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन कम गर्ने अपेक्षा गरिएको छ । सम्झौता वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका कन्ट्री डाइरेक्टर फारिस हादाद जेरभोसबीच भएको हो ।

‘कार्बन उत्सर्जन कम गरी नतिजामूखी कार्यका लागि नेपालले लिएको यो सहयोग पहिलो हो,’ अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले भने ।


क्लिकमान्डु