निफ्राको सेयर मूल्य ५८ रुपैयाँले घट्यो, नेप्सेको सिस्टमले काम गर्न थाल्यो



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सेयर मूल्य ५८ रुपैयाँले घटेको छ ।

नेप्सेको सिस्टममा समस्या आएपछि यसको सेयर मूल्य ५९४ रुपैयाँले घटेको देखाइएको थियो । २० अर्ब चुक्ता पूँजी भएको कम्पनीको सेयर मूल्य एकैपटक शुन्यमा झरेको देखाएपनि नेप्से परिसूचक समेत २५ सय अंकमा पुगेको थियो ।

निफ्राको सेयर गत आइतबारदेखि कारोबार सुरु भएको थियो । मंगलबार निफ्राको २० मिनेटमा पोजेटिभ र नेगेटिभ सर्किट लागेको थियो ।

नेप्सेको सिस्टममा एकै पटक निफ्राको सेयर मूल्य शुन्यमा देखिएपछि अर्थमन्त्रालयले समेत नेप्सेको नेतृत्वलाई जानकारी मागेको थियो ।

नेप्सेको सिस्टममा निफ्राको देखिएको समस्या समाधान भएपछि अहिले परिसूचक २६०६ अंकमा पुगेको देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक अहिलेसम्म १९ अंकले बढेको छ ।


क्लिकमान्डु