नेप्सेको प्रणालीमा समस्या, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ५९४ ले घटेको देखायो



काठमाडौं । नेप्सेका प्रणालीमा समस्या देखिएको छ । जसले गर्दा नेप्से परिसूचक ८५ अंकले घटेको देखाएको छ ।

अन्य समुहको परिसूचक ३९१ अंकले घटेको देखाएको छ । यो प्रतिशतमा हुँदा १८.३ प्रतिशत हो ।

अन्य समुहमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सेयर मूल्य ५९४ रुपैयाँले घटेर यसको मूल्य नै शुन्य भएको देखाएको छ । जसले गर्दा नेप्से परिसूचक २५ सय अंकमा झरेको देखाइएको छ ।


क्लिकमान्डु