२ अर्बमा राष्ट्रिय खाद्य बैंकले मुलुकभर कृषि उत्पादन र बजारीकरण गर्ने, आइपीओ छिट्टै ल्याउने



काठमाडौं । ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेडले २ अर्ब लगानीमा कृषि उत्पादन र बजारीकरण गर्ने भएको छ । बैंकले देशको ७७ वटै जिल्ला र ७ प्रदेशहरुमा उपस्थित जनाउँदै कृषि उत्पादन र बजारीकरण गर्ने भएको हो ।

बैंकले कृषि क्षेत्रमा ठूलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको बैंकका अधयक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए ।

उनका अनुसार उतपादनमा वृद्धि गर्नुको साथै अर्गानिक उत्पादनलाई जोड दिने, कृषिमा आवश्यक ज्ञान, सीप, बिउ, बिजन, मलजलको समूचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्तिमा जोड दिने बताए । साथै, बैंकले रुपैयाँको कारोबार नभई कृषि सम्बन्धि सम्पूर्ण कार्यको कारोबार गर्ने उनको भनाइ छ ।

‘बैंक भन्ने बित्तिकै पैसाको कारोबार भन्ने बुझिन्छ । तर, यो बैंकले रुपैयाँको कुनै कारोबार गर्दैन,’ उनले भने, ‘यस बैंकले कृषिमा किसानलाई आबद्ध गराई नेपालको माटो सुहाउने गरी कृषिमा उत्पादन गर्नेछ ।’

यस्तै, विभागले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दशी दुध, माछा मासु, जडिीबुटीलगायतका उत्पादनको कार्य गर्ने बैंकले जनाएको छ । साथै, बैंकले कृषि क्षेत्रको आवश्यक अनुसन्धानको पनि कार्य गर्ने उनले उल्लेख गरे ।

बैंकले देशभरको किसानहरूसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको बैंकले कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीको भनाइ छ ।

त्यसैगरी, बैंकले सरकारी खाली जग्गाहरू, सामूदायिक, वनका खाली जग्गाहरू, गुठीका जग्गाहरू, व्यक्तिका जग्गाहरू लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने बैंकले जनाएको छ ।

हालसम्म बैंकले कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देही, कास्की, रौतहट, बारार, लमजुङ, पर्सालगायतका जिल्लाहरूमा जग्गा लिजमा लिई उत्पादन कार्य शुरु अघि बढाइसकेको उनी बताउँछन् ।

जमिनमा सहकार्य गर्दै उत्पादनको गर्ने
बैंकले विभिन्न लिजमा लिने कार्य अन्तिम चरणमा पुगिसकेको जनाएको छ । तर, हाल बैंकले बर्दिया जिल्लाको गुलेरिया नगरपालिका–३ खैरीलगायत बर्दिया जिल्लाका विभिन्न ठाउँमा २ सय बिघा जग्गा लिजमा लिइसकेको अध्यक्षले उप्रेतीले बताए ।

साथै, उनका अनुसार सोही स्थानमा करिब ५ हजार बिघा किसानका जमिनहरूमा सहकार्य गर्दै उत्पादनमा कार्य अघि बढिसकेको बताए ।

त्यसैगरी, झापा, मोरङ, सुनसरी जिल्लामा १ हजार ४१ बिघा र लमजुङमा ५ सय ५० रोपनी जग्गा लिजमा लिने सहमति भएको उनले बताए ।

‘पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडीलगायतको उत्पादन गर्ने भएको छ,’ उनले भने, ‘दोस्रो चरणमा माछा, मासु, फलफुल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिनेछ ।’

त्ययति मात्रै नभई बैंकले पाइलट प्रोजेक्टका रुपमा हरेक प्रदेश, जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा विकसित गर्दै किसालनाई नै अधिकतम कृषि उत्पादनमा सहभागिता गराउने र किसानहरूले उत्पादन गरेका उत्पादनको बजार सुनिश्चित गर्ने प्रतिबद्धता उनले जनाए ।

आइपीओ जारी गर्ने
बैंकले देशभर उत्पादनका विभिन्न कार्य शुरु गरिसकेको छ । हालसम्म ४ सय ९१ जना प्रमोटर सदस्य रहेको बैंकले अझै बिस्तार गर्दै केही वर्ष भित्रै साधारण शेयर (आइपीओ) जारी गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए ।

उनका अनुसार दिनप्रति दिन यस बैंकमा आबद्ध हुने संख्या बढ्दै गइरहेको र आगामी चैत्र १५ गते भित्र बैंकले केन्द्रीय कार्यलयको उद्घाटन गर्ने भएको छ । यससँगै बैंकले २०७८ बैशाखभित्रमा सबै प्रदेश कार्यलयलको उद्घाटन गर्ने तयारी गरेको उनले बताएका छन् ।

त्यस्तै, बैंकले कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभिप्रायले अगाडि आएकाले गुणस्तयुक्त खाद्य सामग्रीलाई भण्डारण गरी बैंकमार्फत् आफ्नै सेल्स डिपोमार्फत् होम डेलिभरीहरू ई–कमर्शमार्फत बिक्री वितरण गर्ने योजना बनाएको छ ।

बैंकका अध्यक्ष उप्रेतीका अनुसार बैंकमा सबै किसिमका मानिसहरूले रोजगारी पाउने बताए । साथै, केही वर्षपछि देशको सबैभन्दा ठूलो रोजगारी दिने कम्पनी बन्ने उप्रेतीको दावी छ ।


क्लिकमान्डु