उतारचढावबीच नेप्से ३२.६७ अंकले घट्यो, लगानीकर्ताको आकर्षण जलविद्युतमा



काठमाडौं । सोमबार सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । केही समय अघि मात्रै आइपीओ जारी गरेका नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चन्द्रागिरि हिल्सका साथै केही हाइड्रोपावर कम्पनीको बाहेक अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।

आजका दिनमा ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको मूल्य स्थिर छ ।

आज २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७० रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा आँखु खोला जलविद्युत कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रोडेभपलर्स, अपर तामाकोसी र चन्द्रागिरि हिल्स छन् भने सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा सेञ्चुरी बक, सिभिल बैंक, मेगा बैंक, नविल इक्विटी फन्ड र माछापुछ्रे बैंक छन् ।


क्लिकमान्डु