नेपाल आयल निगमले कहिले जारी गर्छ आइपीओ ?



NOC

काठमाडौं । पेट्रोलियम पदार्थमा एकाधिकार जमाएको नेपाल आयल निगमले सर्वसाधरणका लागि कहिले आइपीओ जारी गर्ला भन्ने धेरैको चासोको विषय छ ।

पछिल्लो समय निगमले आइपीओ जारी कहिले गर्ला भनेर धेरैले चर्चा चल्न थालेको छ । गत वर्ष मात्रै १३ अर्बभन्दा बढी नाफा कमाइरहेको निगम सेयर बजारमा प्रवेश होस् भन्ने धेरैको चाहना छ ।

यसै विषयमा हामीले निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेललाई निगमले आइपीओ कहिले जारी गर्छ ? भनेर सोधेका छौं ।

पब्लिकलाई सेयर जारी गर्ने विषय सरकारको कुरा हो । सरकारले जारी गर्ने भने हामीले २ महिनामा नै प्रक्रिया अगाडि बढाउने छौं । एकपटक योजना पनि बनेको थियो । विगतमा रणनीतिक साझेदारको पनि कुरा आएको थियो । रणनीतिक साझेदार चाहिँदैन । निगमले पब्लिकलाई सेयर जारी गर्ने सोच पनि राखेको छ । त्यसमा सरकारले अनुमति दिएमा प्रक्रिया अगाडि बढ्छ ।


क्लिकमान्डु