विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न कारोबारको सीमा पुनरावलोकन गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गर्ने भएको छ ।

कोरोना महामारीका कारण बैंकिङ प्रणालीमा विद्युतीय कारोबार बढ्दै गएको तथा सरकारको नीति पनि सोही अनुसार भएकाले राष्ट्र बैंकले समय अनुसार कारोबार रकमको सीमा पनि परिवर्तन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले मौद्रक नीतिको अर्धवार्षिक समीक्षामा यस्तो व्यवस्था गरेको हो ।

जसमा क्यूआर कोड लगायतका विद्युतीय कारोबारको प्रबद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने उल्लेख छ ।

विद्युतीय कारोबारको प्रबद्र्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिने समेत उल्लेख गरिएको छ।


क्लिकमान्डु