सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान



काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्युआर कोडमार्पmत् भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरे ।

सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीन पांग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरिएको छ ।
गभर्नर अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए । उनले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि बताए ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेलले क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिता बारेमा बताएका थिए ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युतीय प्रणालीमार्फत् विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यमहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७१ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।


क्लिकमान्डु