बैंक अफ काठमाण्डूले मोबाइल बैंकिङमा ल्यायो ‘बीओके क्लिक’ सेवा



काठमाडौं । बैंक अफ काठमाण्डूले प्रदान गर्दै आईरहेको इन्टरनेट बैंकिङ्ग सेवा ‘ब्लक क्लिक’स्तरोन्ति गरेर विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थप गरेको छ ।

बैंकले परिमार्जित इन्टरनेट बैंकिङ्ग सेवा ‘ब्लक क्लिक’ संस्थागत ग्राहक समक्ष प्रस्तुत गरेको छ । जसअन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आइपीएस सुविधा, संस्थाको कर्मचारीको तलव व्यवस्थापन तथा तलब रकमान्तरणआदि सम्बन्धि सेवा उपलब्ध हुनेछ ।

यस सुबिधाबाट ग्राहक महानुभावहरुले बैंकिङ्ग कारोबारको लागि बैंक आईरहनुपर्ने समस्यालाई निवारण हुनुका साथै समयसापेक्ष बैंकिङ्ग सेवाको अनुभव गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकमहानुभावहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको छ ।


क्लिकमान्डु