गरिमा विकास बैंक लिमिटेड बगर शाखामा लकर सुविधा
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना ग्राहकवर्गहरुलाई दिइरहेको बैकिंङ्ग सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउने प्र्रायोजनका लागि कास्की जिल्लाको पोखरा–१ वगरमा लकर सुविधा थपेको छ ।
बैंकद्वारा आयोजित उक्त कार्यक्रमको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गरे । बैंकले मुलुकभर १०६ शाखा कार्यालय र ५१ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।