नेप्सेमा ८ अंककोे सुधार, ९ लघुवित्तका लगानीकर्ता मालामाल



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ८.३४ बिन्दुले बढेर २ हजार ४७५.२६ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सोनसेटिभ परिसूचक १.६३ ले वृद्धि भई ४५४.०२ मा पुगेको छ । कूल २०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता सेयर ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ मा खरिद बिक्री भए ।

कारोबार भएका १२ उपसमूह मध्ये साताको अन्तिम दिन बिहिबार ६ उपसमूहको सेयर ओरालो लागे भने ६ उपसमूहको सेयर भने उकालो लागे ।

बैंकिङ ७.४३, होटल २०.६५, विकास बैंक ६.३, वित्त १०.९७, जीवन बीमा ६९.२६ र सामूहिक लगानी कोष ०.०१ ले घटे । यस्तै, व्यापार १३१.६६, जलविद्युत् ३६.८८, निर्जीवन बीमा ७८.७४, उतपादन ८४.०७, अन्य १.५४ र माइक्रोफाइनान्स १४६.३१ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको २७ करोड ५३ लाख ८२ हजार ६७० बराबरको कारोबार भयो ।

यस्तै डिप्रोक्स लघुवित्त २२ करोड ९६ लाख ५३ हजार २८१, जनउत्थान सामुदायिक लघुवित्त १८ करोड ९७ लाख ६६ हजारर ३८२, नेपाल लाइफ इन्स्योरेन्स १८ करोड ५९ लाख ७८ हजार ८४६ र ग्लोबल आइएमई बैंक १८ करोड १७ लाख १४ हजार २६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

बिहिबार कारोबार भएका मध्ये सूर्योदय लघुवित्त १०, जनउत्थान सामुदायिक लघुवित्त ९.९९, समिट लघुवित्त ९.९९, माहुली सामुदायिक लघुवित्त ९.९८, नेशनल माइक्रोफाइनान्स ९.९७, उन्नती सहकार्य लघुवित्त ९.९७, किसान लघुवित्त ९.९६, सर्पोट माइक्रोफाइनान्स ९.९६, गरिमा विकास लघुवित्तका लगानीकर्ताले ९.९० प्रतिशतले कमाए ।

त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स ३.४६, कर्पोरेट डेभलपमेन्ट बैंक ३.०२, नेपाल फाइनान्स २.७४, नबिल व्यालेन्स फण्ड २.५४ र मेगा बैंकका लगानीकर्ताले २.४३ प्रतिशतले गुमाए ।


क्लिकमान्डु