इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.५४ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल इफ्रास्ट्रक्चर बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको नाफा १२.५४ प्रतिशतले कमी आएको छ ।

गत आवको दोस्रो त्रैमाससम्ममा ४० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा नाफा घटेर ३५ करोड २२ लाखमा सीमित भएको छ । केही समय मात्रै ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गरेको बैंकको अहिले चुक्तापुँजी १२ अर्ब रुपैयाँ छ । आइपीओ जारीपछि अब बैंकको चुक्तापुँजी २० अर्ब पुग्नेछ ।

बैंकले चालु आवको सीमक्षा अवधिमा ३२ करोड ४४ लाख ९३ हजार निक्षेप संकलन गरेको छ । बैंक गत आवको सोही अवधिमा २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । अघिल्लो वर्ष बैंकले ब्याज आम्दानी ६१ करोड ७१ लाख ३३ हजार रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिम ब्याद आम्दानी ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँ मात्रै गरेको छ ।

बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ छ भने बैंकको प्रतिसेयर आम्दानी ५.८७ पैसा छ ।


क्लिकमान्डु