सेयर बजारमा ६.८१ अंकको झिनो करेक्सन, जलविद्युत् कम्पनीका सेयरमा आकर्षण



काठमाडौं । बुधबार सेयर बजारमा ६.८१ अंकको झिनो करेक्सन भएको छ । प्रि–ओपनिङ सेसनमा बढेको बजार बन्द हुँदासम्म करेक्सन भएको छ । अधिकांश उपसूचकमा रातो देखिएको छ ।

बुधबारको कारोबारमा बैंकिङ, जलविद्युत्, माइक्रोफाइनान्स र म्यूचुअल फन्डको सेयरबाहेक सबै उपसूचकहरुमा रातो देखिएको छ । २ करोड ६ लाखभन्दा बढी सेयर कित्ता ८ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा स्वाभिमान लघुवित्त, जनउत्थान सामूदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, माहुली सामूदायिक लघुवित्त र अरुण काबेली कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए । त्यसैगरी पोखरा फाइनान्स, नारायणी विकास बैंक, मल्टिप्रपोज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड मोदी जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।


क्लिकमान्डु