प्रि-ओपनिङमा सेयर बजार १६.८० अंकले बढ्यो



.८०काठमाडौं । बुधबार प्रि–ओपनिङमा सेयर बजार १६.८० अंकले बढेको छ । जसका कारण नेप्से परिसूचक २५०० नजिक पुगेको छ ।

सोमबार र मंगलबार उत्साहजनक रुपमा बढेको सेयर बजार मंगलबारको प्रि–ओपनिङमा पनि वृद्धिको लय समातेको देखिन्छ । प्रि–ओपनिङमा ५५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी २ वटा कम्पनीको सेयरमूल्य स्थिर देखिएको छ ।


क्लिकमान्डु