महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश दिने



काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ९.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत बोनस र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा तथा सञ्चित रकमबाट बैंकका सेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो । लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत र साधारणसभाले पारित गरेपनि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु