सेयर बजारमा ६५.४९ अंकको वृद्धि, बीमा र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल



काठमाडौं । आइतबार करेक्सनपछि बढेको सेयर बजार मंगलबार पनि जारी छ । मंगलबार ६५.४९ अंकले बढेर नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु २४७३.७३ विन्दुमा पुगेको छ ।

आजको कारोबारमा सबैभन्दा बढी बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । नेप्से उपसूचकमा निर्जीवन बीमा कम्पनीको सूचक ५.०४ प्रतिशत, जीवन बीमा कम्पनीको सूचक, ३.३५ र माइक्रोफाइनान्स कम्पनीको सूचक ३.८ प्रतिशतले बढेको छ । आज होटल क्षेत्रबाहेक सबै क्षेत्रको सेयर बढेको छ ।

मंगलबार ८ अर्ब ३९ करोड ४३ लाख ३४ हजार २९० रुपैयाँ बराबरको १ करोड ४९ लाख १७ हजार ३९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

आजको कारोबारमा १५२ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा ३३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । त्यसैगरी १५ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

आजको कारोबारमा सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र युनाइटेड लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी जनउत्थान लघुवित्त, सफल लघुवित्त, गुँरास लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्स र माउन्टेन इनर्जी कम्पनीको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


क्लिकमान्डु